Logo

GBIME

मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर, राष्ट्रिय कर दिवसको अवसरमा सम्मान

मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर, राष्ट्रिय कर दिवसको अवसरमा सम्मान



काठमाडौं । मंगलम इण्डष्ट्रिज प्रालि औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७÷७८ मा सर्वाधिक आयकर दाखिला गरि सरकारद्वारा सम्मानित हुन सफल भएको छ । राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित बिशेस समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रालि का लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरेका थिए ।

सोहि उपलक्ष्यमा बोल्दै कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले भने, ‘देशमै उत्पादन गरि देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौँ देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ । साथै, यस यात्राको क्रममा हामीसंग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’

मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL