Logo

जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, पोषकराज पौडेलको नेतृत्वमा यस्तो बन्यो कार्यसमिति

जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, पोषकराज पौडेलको नेतृत्वमा यस्तो बन्यो कार्यसमिति



काठमाण्डौ‌ । जीवन बीमक संघ नेपालको साधारण सभाले पोषक राज पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । त्रिपुरेश्वरस्थित ब्लु स्टार मलमा शुक्रबार सम्पन्न भएको साधारण सभाले सिटिजन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

laxmi

नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्योती लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री रहेका छन् ।

यसैगरी एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ कोषाध्यक्ष चुनिएका छन् । जीवन बीमक संघका अनुसार कार्य समिति सदस्यहरूमा क्रमशः एलपि दास (एलआइसी नेपाल) , कवि फुयाल (आइएमई लाईफ) र नारायण बाबु लोहनी‌ (रिलायबल नेपाल लाईफ इन्स्योरेन्स) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL