Logo

सगरमाथा पत्थरमा परिणत भयो भने को चढ्छ ?

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो। कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनी हाल ६१ वर्षको भए। पर्वतारोहण पथ प्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ। भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय…