काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले सोमबार टोखाबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अग्रवालले करिब २२ करोड रुपैयाँ बराबरको ठगी गरेको आरोप लागेको छ। उनी सेयर कारोबारमार्फत विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीलाई ठगी गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नेपाल धितोपत्र बोर्डले अग्रवालविरुद्ध अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
अग्रवालले करिब १५ वटा कारोबार व्यवस्थापन प्रणाली ९. खातामार्फत आफैं सेयर किनबेच गर्ने, एकै व्यक्तिले धेरै खाता चलाउने, र ती खातामार्फत मूल्यमा हेरफेर गर्ने गरेको खुलेको छ। साथै, उनले अन्य लगानीकर्ताका खातासमेत सञ्चालन गरेर ब्रोकर कम्पनीहरूबाट पैसा असुल गर्ने, तर फिर्ता गर्नुपर्ने रकम भने विभिन्न बहानामा नतिर्ने गरेको उजुरी परेको थियो।