काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आईतबार प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।