काठमाडौं । बेलायती सिंगल बोर्ड कम्प्युटर निर्माता कम्पनी रास्प्बेरी पी फाउण्डेशनले ५ डलरको कम्प्युटर सार्वजनिक गरेको छ । सो कम्प्युटर मात्र ६ दशमलव ५ सेन्टिमिटरको छ । उक्त कम्प्युटर कम्पनीले आफ्नो मंथली म्यागाजिनसँग फ्रिमा दिनेछ । कम्पनीले यो कम्प्युटरको नाम पि जिरो राखेको छ । यो कम्प्युटर लिनक्स प्लेटफर्ममा बनेको रास्प्बियन अपरेटिङ सिस्टम चलेको थियो ।…