Logo

एनसीसीसँग ४ विकाश बैंक गाभिदै, चुक्ता पूँजी ५ अर्व ३ करोड पुग्ने

एनसीसीसँग ४ विकाश बैंक गाभिदै, चुक्ता पूँजी ५ अर्व ३ करोड पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसिसी बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्ज गर्न लागेको छ ।

शुक्रवार एक कार्यक्रमवीच मर्ज सम्वन्धी सम्झौतामा सम्झौता भएको छ । बैंकको हाल २ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी छ । मर्जरसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

पाँचवटा बैंक तथा वित्तीय संस्थाबीच भएको सहमतिमा एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेण्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सुप्रिम डेभलपमेन्ट बैंकका अध्यक्ष चन्द्रप्रसाद बास्तोला र इन्टरनेशनल डेभलपमेण्ट बैंकक अध्यक्ष माधवप्रसाद भट्टले हस्ताक्षर गरेका छन्।
चार वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी पुँजी ८२ करोड ७५ लाख रुपैयाँ इन्फ्रास्ट्रक्चर बैंकको छ । यस्तै सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेशनल बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL