Logo

सातामा ५० अंकले घट्यो नेप्से, अझै ओरालो लाग्ने

सातामा ५० अंकले घट्यो नेप्से, अझै ओरालो लाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यो साता नेप्से परिसुचक ५० अंकले ओरालो लागेको छ । भारतीय नाकाबन्दी तथा लगानीको विग्रदो वातावरणले गर्दा नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध सरोबारवालाहरु बताउँछन् ।

यही अवस्था रहेमा नेप्से परिसुचक अझै ओरालो लाग्ने एक लगानीकर्ताले जानकारी दिए । साताको पहिलो दिन नेप्से परिसुचक सवैभन्दा बढी ओरालो लागेको थियो । सो दिन २३ अंकभन्दा बढीले नेप्से परिसुचक घटेको थियो ।

यो साता सोमबारमात्र नेप्से परिसुचक समान्य बढेको थियो । सो दिन परिसुचक ४ दशमलव ४२ अंकले बढेको थियो । देशको विग्रदो राजनीतिक अवस्था र भारतीय नाकाबन्दीले आर्थिक क्रियाकलाप ठप्प भएसँगै नेप्से परिसुचक उच्च रुपमा घट्न शुरु गरेको थियो ।

सातामा अन्य दिन पनि नेप्से परिसुचक ९ अंकभन्दा बढीले घटेको छ । मंगलबार ९ अंकले ओरालो लागेको नेप्से परिसुचक बुधबार र विहीबार क्रमश १० र १२ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले देशमा लागनीको वातावरण नभएको र चालू आवमा आर्थिक बृद्धि नकारात्म हुने तथ्याङ्क सार्वजनिक गरेपछि नेप्से परिसुचक झन् घट्न शुरु गरेको छ ।

यो साता प्राय सवै समुह ओरालो लगेको छ । विशेषगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुह उच्च रुपमा घटेको छ । साताको २ दिन सवै समुहका परिसुचक ओरालो लागेको थियो ।

साताभर कुल १ अर्ब २५ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL