Logo

भारतीय प्रहरीले नेपालमा आएर गोली चलाएको पुष्टि, दोषिलाई कारवाही गर्न भारतसँग आग्रह

भारतीय प्रहरीले नेपालमा आएर गोली चलाएको पुष्टि, दोषिलाई कारवाही गर्न भारतसँग आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबिका जवानले नेपालको सीमानाबाट भित्र पसेर नेपाली नागरिक माथि गोली हानेको पुष्टि भएको छ । उनले १ सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेको सरकारले पुष्टी गरेको हो ।

यस घटनामाथि अनुसन्धान गरेर दोषिमाथि कारवाही गर्न र त्यसबारे नेपाललाई जानकारी गराउन परराष्ट्र मन्त्रालयले वित्रप्ति जारी गर्दै भारतसित आग्रह गरेको छ ।
‘दशगजाबाट १ सय मिटर भित्र सुनसरी जिल्लाको वडा नम्बर ७, हरिहरपुर गाविसस्थित पूर्वी टोलमा बुधबार बिहान ६ः२० बजे भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर चार नेपालीहरु घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

साथै एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारत सरकारको ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले भविष्यमा यस्ता कार्य हुन नदिन भारतीय अधिकारीहरुलाई सचेत गराएको छ । त्यस्तै चाँडै यसबारे अनुसन्धान गरेर नेपाल सरकारलाई जानकारी पठाउन तथा दोषिमाथि कारवाही गर्न आग्रह गरेको छ ।

यता एसएसबीले नेपालभित्र पसेर गोली चलाएको समाचारको भारतीय दूतावासले बुधबार खण्डन गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL