काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुरामा दुई बर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनेको संख्या ८ पुगेको हो । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।…