Logo

बिद्युतीय सवारीमा कर वृद्धिप्रति नाडाको कडा आपत्ति, लकडाउनले सर्वसाधारण र व्यवसायीहरुको अवस्था नाजुक भएको ठहर

बिद्युतीय सवारीमा कर वृद्धिप्रति नाडाको कडा आपत्ति, लकडाउनले सर्वसाधारण र व्यवसायीहरुको अवस्था नाजुक भएको ठहर



काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन अटोमोबाइल एशोसिएसन अफ नेपाल(नाडा)ले विद्युतीय सवारीमा कर वृद्धि गरको प्रति कडा आपत्ति जनाएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमार्फत विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णयको विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमार्फत नाडाले वृद्धि गरिएको कर यथासिघ्र फिर्ता गर्न र व्यवसायीहरुलाई सहज वातावरण तयार गरिदिन सरकारसँग जोडदार माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाले चालू आर्थिक वर्षको बजेटमा स्वयम् सरकारले समेत पेट्रोलियम सवारीलाई निरुत्साहित गर्दै विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने गरी नीति ल्याएकोमा व्यवसायीहरु उत्साहित भएर लगानी बढाएकोमा सरकारले उल्टो कर वृद्धिको नीति ल्याएर व्यवसायीहरुलाई मारमा पार्ने काम भएको बताए । सरकारको यस खालको नीतिले व्यववसायीलाई मात्र नभएर मुलुकको हितलाई समेत गम्भीर असर पार्ने अध्यक्ष दुलालको भनाई छ ।

‘चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले बिद्युतीय सवारीमा भन्सार छुट दिने नीति लिनु भएकै हो । जसबाट हामी व्यवसायीहरु निकै उत्साहित भएका पनि थियौं । र त्यसै अनुरुप लगानी पनि ग¥यौं । तर अहिले स्वयम् अर्थमन्त्रीले एक्कैपटक ८० प्रतिशतसम्म कर वृद्धि गरिदिनुभयो । यसप्रति हामी सबै व्यवसायीहरुको कडा आपत्ति छ ।’ अध्यक्ष दुलालले भने, ‘हामी व्यवसायीहरु अविलम्ब उक्त वृद्धि गरिएको कर फिर्ता गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

अध्यक्ष दुललाकाअनुसार अहिले सरकारले वृद्धि गरेको करका कारण विद्युतीय सवारीको मूल्य पेट्रोलियम सवारीको भन्दा पनि महङ्गो पर्न जाने र विद्युतीय सवारी अब कसैले पनि उपभोग नगर्ने बताए । जसले गर्दा नेपाल उत्पादन वृद्धि भइरहेको विद्युत समेत खेर जाने अवस्था आउने उनको भनाई छ ।

यसै अवसरमा नाडाले मुलुक कोरोनाको कहरसँग लडिरहेको बेला थप लकडाउनले सर्वसाधारण र व्यवसायीहरुको अवस्था नाजुक भएको भन्दै अब लकडाउन खोल्नुको विकल्प नभएको भन्दै सरकारलाई लकडाउन खोल्न समेत माग गरेको छ । त्यसका लागि सुरक्षित वातावरण तयार गर्न सरकारसँग माग गरेको छ भने व्यवसायीहरुले पनि सुरक्षाका लागि आवश्यक उपायहरु अपनाएर काममा फर्कन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL