काठमाडौं । गौरा कन्स्ट्रक्सनले समयअगावै २ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ । २०७२ को भुकम्प गएपछि भत्किएकामध्ये विभिन्न १९ ओटा विद्यालय पुनर्निर्माण गर्ने जिम्मा पाएको कम्पनीले नुवाकोटको ककनीस्थित २ ओटा विद्यालयको तोकिएको समयअघि नै निर्माण सम्पन्न गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कम्पनीलाई गत बर्ष भदौ १० गते र १५ गते उक्त सम्झौता गरेको…