Logo

बिहीबारदेखि बन्द रहेको प्रभु बैंकको सबै सेवा आजदेखि पुनः सुरु

बिहीबारदेखि बन्द रहेको प्रभु बैंकको सबै सेवा आजदेखि पुनः सुरु



काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा पुन सुरु गरेको छ । बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्यका लागि बैंकले गत बिहीबार ५ बजेदेखि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो । आइतबार बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सेवा सम्पन्न भएकाले सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।

laxmi

बैंकले यसअघि पुमरी सफ्टवेयरको ‘कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आइरहेको थियो । यसलाइ प्रतिस्थापन गर्दै बैंकले फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याएको छ । यसैगरि बैंकले बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सम्पन्न गर्दा ग्राहकहरुको यसअघि (साविक) को खाता नम्बर परिवर्तन भएको हुँदा आफ्नो अनुकुल जुनसुकै शाखामा गएर नयाँ खाता नम्बर लिनसमेत आग्रह गरेको छ ।

बैंकले चालु आथिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक १९ दशमलब ८९ रुपैयाँ प्रतिसेयर आम्दानी कायम गरेको छ । प्रभु बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL