Logo

जी सेभेन स्थगित गर्ने ट्रम्पको घोषणा, भन्छन–विश्वमा के भइरहको छ भन्ने जी सेभेनले प्रतिनिधित्व गर्दैन

जी सेभेन स्थगित गर्ने ट्रम्पको घोषणा, भन्छन–विश्वमा के भइरहको छ भन्ने जी सेभेनले प्रतिनिधित्व गर्दैन



काठमाडौं । अमेरिकाले ग्रुप अफ सेभेन (जी सेभेन) सम्मेलन स्थगित गर्ने जानकारी दिएको छ । फ्लोरिडाबाट फर्कनेक्रममा अब्रोड एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जी सेभेन सम्मेलन स्थगित गर्ने बताएका हुन ।

आगामी महिना आयोजना हुने तय भएको बैठकलाई सेप्टेम्बर वा त्यसभन्दा पछाडि लैजानुपर्ने भन्दै स्थगित गर्ने तयारी भईरहेको उनले जानकारी दिएका हुन । साथै अस्ट्रेलिया, रसिया, दक्षिण कोरीया र भारतलाई पनि आमन्त्रितका रुपमा बैठकमा सहभागी गराउनुपर्ने ट्रम्पको तर्क रहेको छ ।

उनले भने, ‘म यसलाई स्थगित गर्छु । विश्वमा के भइरहको छ भन्ने जी सेभेनले प्रतिनिधित्व गर्छ भन्ने मलाई लाग्दैन ।’ ट्रम्पले जी सेभेनमा थप मुलुक समावेश गर्न खोजेका हुन् या सहभागीमात्र बढाउन चाहेका हुन भन्ने अझै खुलेको छैन । उनले यसअघि पनि जी सेभेनमा रसियाको भूमिका हुनुपर्ने बताउँदै आएका छन ।

ह्वाइट हाउसका अनुसार ट्रम्प यो सम्मेलनमा चीनमाथि छलफल गराउन चाहेको जानकारी दिँदै कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले चीनविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन । विश्वका शक्तिशाली र औद्योगिक हिसाबले सम्पन्न मुलुकहरुको संगठन जी सेभेनमा अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, इटाली, क्यानडा रहेका छन । युरोपेली संघ पनि यसमा जोडिँदै आएको छ/एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL