Logo

एनएमबिले सुदूरपश्चिमको कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्दै, अन्तिम सम्झौतापत्रमा हस्ताक्षार

एनएमबिले सुदूरपश्चिमको कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्दै, अन्तिम सम्झौतापत्रमा हस्ताक्षार



काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । सोका लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूरपश्चिम प्रदेशको बैंक हो ।

यसको मुख्य कार्यालय कञ्चनपुरमा छ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर संख्या ४ पुग्नेछ ।

एनएमबिले केही समयअघि मात्र ओम डेभलपमेन्ट बैंक गाभेको थियो । यो सँगै गण्डकी प्रदेशमा बैंकको उपस्थिति बलियो भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL