Logo

कोरोना लाग्नुभन्दा अगाडि नै रोक्न सकिनेबारे अनुसन्धान, यस्तो छ बैज्ञानिक निष्कर्ष

कोरोना लाग्नुभन्दा अगाडि नै रोक्न सकिनेबारे अनुसन्धान, यस्तो छ बैज्ञानिक निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ ) को औषधी तथा उपचार पत्ता लगाउनु भनेको विश्वभर फैलिरहेको कोरोना भाईरस महामारीको फैलावटलाई रोक्नु जस्तै हो ।

laxmi

विश्वभरका प्रतिष्ठित डाक्टरहरु, बैज्ञानिकहरु, औषधि कम्पनीहरु यसको औषधिको निर्माणमा जुटेका छन् । तर, हालसम्म कसैले पनि यसलाई निर्मूल पार्ने औषधि बनाउनमा ध्यान केन्द्रित गर्न सकिरहेका छैनन् ।

तर केही समय अघि कोभिड १९ विरुद्ध प्रभावकारी मानिएको हाईड्रोक्सिक्लोरोक्विनको परीक्षण गरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको ठूलो संख्यामा माग गरे तर, पछि यसले झन खराब असर गरेको डाक्टरहरुले बताए ।

अहिले यसको ट्रायल नै रोकिएको छ । यसले नकारात्मक असर पार्ने देखिएसँगै विभिन्न स्थानमा हजारौं व्यक्तिमा गरिरहेको परीक्षणमा ठुलो समस्या आईलाग्यो । वैज्ञानिकहरुले हाईड्रोक्सिक्लोरोक्विनले कोरोना लाग्नुभन्दा अगावै यसलाई रोक्न सक्ने प्रक्षेपण गरिएको थियो ।

बैज्ञानिकहरु कोरोना संक्रमण रोक्न अन्य विभिन्न प्रकारका अनुसन्धान जारी नै राखेका छन् । जसका कारण बैज्ञानिकहरु एक नभए अर्को उपायले काम गर्ने भन्दै ढुक्क छन् ।

तर, बैज्ञानिकरुले एक प्रकारको औषधि प्रोफिल्याक्सीसले पनि स्वास्थ्यसम्बन्धी उपचारमा सहयोग पुर्याउने बताएका छन् । यस्तै फ्लुलगायतका बिरामीहरुविरुद्ध काम गर्ने भ्याक्सिनले पनि शतप्रतिशत काम त गर्दैन् । तर, कोरोना भाईरस लाग्नबाट पहिल्यै मानिसलाई बचाउन विभिन्न प्रयासहरु भने जारी छन् ।

कोरोना संक्रमणलाई रोक्न रेमडेजिभिर नामक औषधिले पनि केही सकारात्मक असर देखाएको बैज्ञानिकहरुले बताएका छन् । तर, यो नसामार्फत मात्रै शरीरमा प्रबेश गराउन सकिने भएकाले यसलाई कोभिडविरुद्धको औषधिको राम्रो विकल्प भने मानिएको छैन ।

तर, अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि जेसुकै औषधिले काम गरेपनि यो एक प्रारम्भिक चरणका मानिनेछ । कोरोनालाई लाग्नभन्दा पहिल्यै रोक्नका लागि विश्व स्वास्थ्य संगठनले पनि हाईड्रोक्सिक्लोरोक्विन, रेमेडेजीभिर र अन्य २ औषधि लोपिनाभिर र रिटोनाभिरमाथी पनि परिक्षण गरिरहेको छ । यस्तै चीनमा पनि विभिन्न कम्बिनेसनयुक्त औषधिको परिक्षण हुँदै आएको छ ।

जसले एक सकारात्मक भूमिका खेल्ने बताईएको छ । यस्तै विभिन्न परिक्षणहरु विभिन्न स्थानहरुमा परीक्षण भईरहेको छ । तर, कोरोना लाग्नुभन्दा अगावै यसको रोकथाम गर्न सकिनेबारे यी सबै अनुसन्धान केन्द्रित छन् ।

तर, कुन औषधिले कहिले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने कसैले भन्न सक्ने अवस्था छैन । तर, नाईटाजोक्सानाईड नामक औषधिले भने यसको फैलावट रोक्न मद्धत पुर्याउने बताईन्छ । अहिले यसको परिक्षण सुरु गरिएको छ । जसलाई ६ हप्तासम्मका लागि प्रत्येक दिन २ पटक खान लगाईएको छ । यस्तै सामान्य आयोडिनले पनि यसका विरुद्ध काम गर्ने बताईएको छ । yahoonews.com बाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL