काठमाडौं । नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढिरहेको छ। सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्ना शासन प्रणाली र राज्य सञ्चालनका तरिका फरक भए पनि खुला सीमाना भएका कारण तस्करी रोक्न समान प्रकृतिको कर प्रणाली आवश्यक हुने आर्थिक क्षेत्रका जानकारहरूले औंल्याएका छन्। वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमाना हुँदै हुने तस्करी नियन्त्रण गर्न…