काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । जुन यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको प्रसिद्ध स्थल ‘भृकुटीमण्डप’ मा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन्, त्यो पनि विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनसहित ।
मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५,००० रूपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ । मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्यांकन ३०,००० रूपैयाँ सम्मको सुनिश्चित प्राप्त गर्नेछन्। ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्यांकनको विश्वस्तता दिइनेछ ।
त्यसका साथै, ग्राहकहरूले ८,००० रूपैयाँ सम्मको नगद छुट, १०,००० रुपैयाँसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् । मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ ।
आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसिहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।
जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन कम्पनीले अनुरोध गरेको छ ।