काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज (बिहीबार) साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। चीन भ्रमणबाट फर्केपछि ओलीले पहिलो पटक बैठक बोलाएका हुन्। चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको विषयलाई लिएर सत्तारूढ दल कांग्रेसभित्र केही संशय देखिएको छ। सोमबार कांग्रेस कार्यसम्पादन बैठकले यस सम्झौताप्रति ठोस…