काठमाडौं । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्शाउँछ ।…