Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ बस्ने गरि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता भएको थियो । छलफल सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ ।

यस्तै अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्