काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्ष्ँेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसंग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासंग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफुहरुले सरकारसंग पहल गर्ने बताए । उनले भने,…