GBIME

जापानी राजदूत युताका र चेम्बर अध्यक्ष मल्लबीच भेट, नेपालमा उद्योग खोल्न आग्रह


बिजखबर संवाददाता
1 June, 2022 2:30 pm

जापानी राजदूत युताका चेम्बर अध्यक्ष मल्लबीच भेट, नेपालमा उद्योग खोल्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्ष्ँेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसंग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासंग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफुहरुले सरकारसंग पहल गर्ने बताए । उनले भने, ‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जपानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउछौं ।’

NABIL
lAXMI_BANK

जापानसंग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने बस्तु र अन्तराष्ट्रिय रुपमा बढी माग हुने बस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मुल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जपानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूत युताकासंग आग्रह गरे । जपानी निजी क्षेत्रसंग आफुहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र जपानबीचको कुटनीतिक सम्वन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जपानले जाईका लगायत आफ्ना विभिन्न दातृ निकायहरु मार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । दुई मुलुकबीच आर्थिक सम्वन्ध पनि उच्च छ । यसलार्य व्यवसायिक गतिविधी मार्फत हामी अझै अघि बढाउन चाहान्छौं। ’

सरकारले बजेट मार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासंग आग्रह गरे । राजदूतसंगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रर्वद्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तराष्ट्रिय लगानीका लागि महत्वपुर्ण अवसर रहेको बताएका थिए ।

चेम्बर पदाधिकारीसंगको भेटपछि राजदूत युताकाले नेपाल र जपानबीचको दुईपक्षीय सम्वन्ध ऐतिहासिक भएको बताए । उनले भने, दुई देशबीचको सम्वन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौं । राजदुत युताकाले नेपालसंग आर्थिक र सामाजिक सवै तहमा सहकार्य जारी रहने प्रतिवद्धता समेत जनाए । नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृ निकाय मार्फत लामो समय देखि सहयोग हु“दै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तराष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL