GBIME

तीन अर्ब रुपैयाँको कुमारी बैंकको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल


बिजखबर संवाददाता
1 June, 2022 2:03 pm

kbl-siddartha capital

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

NLIC
LAXMI

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अङ्कित मूल्य रु १००० को दरले ३० लाख कित्ता गरी रु तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीनमुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL