Logo

सरकारले चाहेर पनि आयात नियन्त्रण गर्न सक्दैन : पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

सरकारले चाहेर पनि आयात नियन्त्रण गर्न सक्दैन : पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले चाहेर पनि पेट्रोलियम पदार्थको आयात घटाउन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा बोल्दै उनले सरकारको यस्तो नीतिले पेट्रोलियम पदार्थको आयात नरोकिने र नघट्ने बताएका हुन् ।

laxmi

पछिल्लो समय सरकारले कैयौं योजना थपेको भएपनि कुनै पनि योजना सफल नहुने उनको भनाई थियो । तर, बजेटमा समाबेश गर्नैपर्ने कुराहरुलाई भने सरकारले प्राथमिकतामा नराखेको उनको भनाई छ । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा ४ महिना मात्रै बाँकी रहेको भन्दै उनले यस अवधिमा वर्तमान सरकारले बजेट कार्यान्वयन गर्नेमा आशंका व्यक्त गरे ।

पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् ।

अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उनको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उनको भनाइ छ । उनले भने, ‘पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।’

खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए। बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उनले बताए। सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL