Logo

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ एपमा, विदेशबाट मोबाइलमै आउँछ पैसा

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ एपमा, विदेशबाट मोबाइलमै आउँछ पैसा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ । नेपालभरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने गरी उक्त सेवा सुरुवात गरिएको हो ।

laxmi

उक्त सेवा प्रयोग गरी बैंकका ग्राहकहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजारभन्दा बढि एजेन्ट/सब– एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्न बैंकले यस अघि नै कियोस्क, ईकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सकिने छ । यसका लागि बैंकले फोन नम्बर र ईमेल ठेगाना उपलब्ध गराएको छ ।

बैंकले हाल आफ्ना १ सय ७४ वटा शाखा, १ सय २५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL