काठमाडौं । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्याधिक प्रकोप–प्रवण र जलवायु–संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्क देखिएको छ । बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र…