Logo

एनसेल काण्ड छानविन गर्न शर्माको संयोजकत्वमा समिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउने

एनसेल काण्ड छानविन गर्न शर्माको संयोजकत्वमा समिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउने



काठमाडौं । सरकारले एनसेलको सेयर खरिदविक्रीबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरेको छ । पूर्व महालेखापरिक्षक टंकमणी शर्माको संयोजकत्वमा उक्त छानविन समिति गठन गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

laxmi

याे समितिले आगामी एक महिनाभित्र अध्ययन र छानविन गरी सरकारलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णयसमेत मत्रिपरिषदले गरिदिएको छ ।
छानविन समितिमा फणिन्द्र गौतम, रितेशकुमार शाक्य, बाबुराम भण्डारी, सुजनकुमार काफ्ले रहने भएका छन् ।

गएको हप्तामात्रै एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व भएको अजियाटा ग्रुपले एनसेलको लगानी फिर्ता लैजाने बताएको थियो । त्यसको दुईदिनपछि नै नेपाली मुलका लगानीकर्ता सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाईट युकेलाई उक्त सेयर स्वामित्व दिनेगरी सम्झौता भएको कुरा बाहिर आएको थियो ।

त्यसयता एनसेल खरिदविक्रीमा सरकारले पाउनुपर्ने पूँजीगत लाभकर गुम्ने भन्दै धेरै क्षेत्रबाट आवाज उठिरहेका छन् । सोही कारण २ दिन अघि बसेको गठबन्धन दलको बैठकले यस बिषयमा छानविन गर्न समिति गठन गर्ने बताएको थियो ।

यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णयसमेत आज बसेको मन्त्रिपरषदको बैठकले गरेको छ । ।

प्रतिक्रिया दिनुहोस्
MBL