Logo

सतीशलालले भने, ‘एनसेल हचुवाको भरमा होइन खुला प्रतिस्पर्धाबाट खरिद गरेका हौं’

सतीशलालले भने, ‘एनसेल हचुवाको भरमा होइन खुला प्रतिस्पर्धाबाट खरिद गरेका हौं’



काठमाडौं । निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलको ८० प्रतिशत सेयर प्रतिश्पर्धाका आधारमा आफुले पाएको नेपाली मुलका लगानीकर्ता सतीशलाल आचार्यले बताएका छन् । बिहीबार एनसेलले एक विज्ञप्ति जारी गर्दै स्पेक्ट्रलाईट युकेका संचालक सतीशलाल आचार्यले यस्तो बताएको जानकारी दिएको हो ।

laxmi

विज्ञप्ति अनुसार स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका सेयरधनी सतीशलाल आचार्यले आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको बताएका हुन्

‘सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो,’ उनले भने, ‘सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ ।’

उनले उक्त सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको र कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्ने बताए । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने उनको भनाई छ ।

यता एनसेलले भने एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिवद्ध रहेको बताएको छ ।

यस्तै एनसेलले हालसम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको बताएको छ । यसको प्रमाणिकरण कर कार्यालयबाट भएको भन्दै एनसेलले हाल भईरहेको कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेसमेत जानकारी दिएको छ । यसतै एनसेलले पछिल्लो समय भएका परिवर्तनहरुले ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL