Logo

निर्वाण चौधरीको आरोप : ‘१० बर्षदेखि नेपाली टेलिकमलाई मुट्ठिभित्र बाँध्ने व्यक्तिहरु नै एनसेल घोटालामा सक्रिय’

निर्वाण चौधरीको आरोप : ‘१० बर्षदेखि नेपाली टेलिकमलाई मुट्ठिभित्र बाँध्ने व्यक्तिहरु नै एनसेल घोटालामा सक्रिय’



काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले टेलिकम क्षेत्रका माफियाहरु नै एनसेल काण्डमा सक्रिय रहेको बताएका छन् । आफनो सामाजिक संजालमा एक स्ट्याटस लेख्दै उनले पछिल्लो १० बर्षदेखि नेपाली टेलिकम क्षेत्रको स्थायित्वमा भाँजो हाल्ने गिरोह नै अहिले एनसेल काण्डमा सक्रिय रहेको बताएका हुन् ।

laxmi

सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि नेपाली कम्पनीलाई स्विकृती नदिईनुको प्रमुख कारण नै अहिले एनसेलमा देखिएको गिरोह रहेको उनको भनाई छ ।

सिजी ग्रुपले सीजी टेलिकमलाई युनिफाईड लाईसेन्सकाे माग गर्दै पछिल्लो १० बर्षदेखि लगातार लबिङ गरिरहेको छ । त, हालसम्म कम्पनीले युनिफाईड लाईसेन्स पाउन सकेको थिए । सोही कुरालाई जोड्दै चौधरीले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन नदिने गिरोह नै त्यहि रहेको बताएका हुन् ।

चौधरी अगाडि लेख्छन्, ‘आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL