काठमाडौं । सरकारले एकैपटक १० जना सचिवहरूको सरुवा गरेको छ। सोमबार, जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती सेवाका विशिष्ट श्रेणीका १० सचिवहरूको सरुवा गरिएको जानकारी दिए। बैठकले प्रशासन सेवा समूहतर्फका सहसचिव भूपाल बराल र इन्जिनियरिङ सेवातर्फका सहसचिव दिनानाथ मिश्रलाई…