काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणी अन्तर्गत प्रशासन सेवाका ३४ जना उपनिर्देशक पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । खुला प्रतियोगितामार्फत भएको लिखित परीक्षामा ६४ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
केन्द्रीय बैंकका अनुसार पुस १८, १९ र २० गते सञ्चालन गरिएको लिखित परीक्षामा सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको हो । अब अन्तर्वार्ता जेठ २४ र २५ गते हुने छ ।
राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी पदपूर्ति गर्ने जनाएको छ ।