बिजखबर संवाददाता ५ माघ, काठमाडौं । सरकारले अति कम विकसित र अविकसित क्षेत्रमा स्थापना भएका उद्योगहरुलाई ३ वर्षसम्म विद्युत् महसुलमा भारी छुट दिने भएको छ । त्यस्ता क्षेत्रमा स्थापना भएका उद्योगहरुलाई विद्युत महसुलमा ७० प्रतिशत छुट दिने निर्णय गरेको छ । सोमबार उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको औद्योगिक प्रवद्धर्न बोर्डको बैठकले सो निर्णय गरेको हो…