Logo

नेपालमा साइबर सुरक्षा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै, साइबर सुरक्षाका वारेमा जानकारी गराइने

नेपालमा साइबर सुरक्षा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै, साइबर सुरक्षाका वारेमा जानकारी गराइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ माघ, काठमाडौं । नेपालमा पहिलो पटक साइबर सुरक्षा तथा साइबर कानून सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । सूचना प्रविधि सुरक्षण आकस्मिक पहुँच, नेपालले उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम आगामी फेब्रुअरीको १९ देखि २१ सम्म चल्लने आयोजकले बताएको छ ।

कायक्रममा सूचना प्रविधि र सूचना सुरक्षामा हुनसक्ने आकस्मिक आपतकालीन अवस्थामा सहजता प्रदान गर्ने, सूचना सूरक्षामा आइपर्ने आपतकालीन परिस्थितीको बिषयमा राष्ट्रियस्तरमा जानकारी गराउने, अन्तरराष्ट्रिय स्तरमा भईरहेका पछिल्ला सुचाना सुरक्षा सम्बन्धी विकासक्रमको वारेमा जानकारी गराइने छ । सो कार्यक्रममा नेपालका लगायत विभिन्न देशका विज्ञहरुको प्रतिनिधित्व हुनेछ ।

नेपालमान सुचना सुरक्षा अन्तर्गत आकस्मिक दुर्घटना पर्दा सो को तत्कालिन उपचार गर्ने र चुनौतीका विषयमा सरोकारबालाहरुलाई जानकारी गराउने उदेश्यका साथ उक्त समुहले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL