बिजखबर संवाददाता ३० पुस, काठमाडौं । लोडसेडिङको समय सातामा ५ घन्टा बढ्ने भएको छ । माघ ४ गतेदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । चिसोका कारण विजुलीको माग बढेको तथा मध्य मस्र्याङदी जलविद्युत केन्द्र बन्द गर्नुपर्ने भएकोले लोडसेडिङ बढ्ने प्राधिकरणले बताएको छ ।…