Logo

अविकसित क्षेत्रका उद्योगलाई विद्युत् ७० प्रतिशत छुट, नयाँ नगरपालिकामा मौजुदा व्यवस्था अनुसार नै उद्योग स्थापना

अविकसित क्षेत्रका उद्योगलाई विद्युत् ७० प्रतिशत छुट, नयाँ नगरपालिकामा मौजुदा व्यवस्था अनुसार नै उद्योग स्थापना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ माघ, काठमाडौं । सरकारले अति कम विकसित र अविकसित क्षेत्रमा स्थापना भएका उद्योगहरुलाई ३ वर्षसम्म विद्युत् महसुलमा भारी छुट दिने भएको छ । त्यस्ता क्षेत्रमा स्थापना भएका उद्योगहरुलाई विद्युत महसुलमा ७० प्रतिशत छुट दिने निर्णय गरेको छ । सोमबार उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको औद्योगिक प्रवद्धर्न बोर्डको बैठकले सो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार रोल्पा सिमेन्ट उद्योगलाई लाग्ने विद्युत महसुलमा सञ्चालन भएको मितिले  ३ बर्षका लागि ७० प्रतिशत छुट सुविधा उपलब्ध गराउन अर्थमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी, ग्राण्डी इन्टरनेशनल हस्पिटलमा विदेशी लगानी ल्याउनका लागि समेत स्वीकृति प्रदान गरेको छ ।

बोर्डले तिला कर्णाली हाइड्रोइलेक्ट्रीकल कम्पनीको पुँजी बृद्धि गर्न स्वीकृति दिएको छ भने पुरानो प्रविधिका इट्टा उद्योगहरु आधुनिक प्रविधिमा रुपान्तरण गर्न २०७१ फाल्गुण मसान्तसम्म समय सिमा थपेको छ ।

बोर्डले जुटमिलको प्रति इकाइ उत्पादनमा हुने विद्युत खपतको मुल्याङ्कन गरि विद्युत महशुलमा छुट दिन अर्थ र उर्जा मन्त्रालय समक्ष सिफारिस गर्ने भएको छ ।

बार्डले नयाँ नगरपालिका भएका स्थानमा साविका बमोजिम नै उद्योगको अनुमति प्रदान गर्ने भएको छ । यसैगरी, उद्योग दर्ता गर्न, दर्ता भएका उद्योगहरुको पूँजी तथा क्षमता वृद्धि, उद्देश्य थप, विद्युत क्षमता थप, ठाउँसारी गर्न तथा विदेशी लगानी स्वीकृत मौजुदा व्यवस्था अनुसार नै गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL