Logo

राजनीतिक सहमतिको आशासँगै नेप्से उकालो लाग्यो, सोमबार ३० अंकले बढ्यो

राजनीतिक सहमतिको आशासँगै नेप्से उकालो लाग्यो, सोमबार ३० अंकले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ माघ, काठमाडौं । राजनीतिक सहमतिको आशासँगै नेप्से परिसुचक पनि उच्च रुपमा बढेको छ । आइतबार झण्डै ६ अंकले बढेको नेप्से परिसुचक सोमबार एकैचोटी ३० अंकले बढेको छ । देशमा राजनीतिक सहमतिको आशा पलाएपछि बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ३० दशमलव ०९ अंकले बढेर ९ सय ७५ दशमलव ४५ अंकमा पुगेको छ ।

सोमबार सेयर कारोवार रकम तथा संख्या दुवै बढेको छ । दिनभर कुल ८६ करोड ३२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, सेयर कारोवार संख्या पनि दोब्बरले बढेर १५ लाख ९४ हजार कित्ता कारोवार भएको छ ।

सोमबार सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक उकालो लागेको छ । उक्त समुहको परिसुचक ७७ दशमलव ८९ अंकले बढेको छ । यस्तै, नेप्सेमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ३६ दशमलव ८९ अंकले बढेको छ ।
यसैगरी, बीमा समुहको परिसुचक ४४ दशमलव २६ अंकले बढेको छ भने होटल समुहको परिसुचक पनि ४९ दशमलव ६६ अंकले बढेको छ ।

विकास बैंक समुहको परिसुचक पनि १५ दशमलव १३ अंकले बढेको छ । सोमबार बजारमा सवै समुहको परिसुचक उकालो लागेको छ ।

सोमबार पनि बजारमा सबैभन्दा बढी स्टाण्डर्ड चार्टर्ड बैंकको सेयर कारोवार भएको छ । सो बैंकको आइतबार झण्डै २० करोड रुपैयाँको सेयर कारोवार भएकोमा सोमबार २५ करोड ५६ लाख रुपैयाँ बरावको सेयर कारोवार भएको छ ।

बजारमा ग्राण्ड बैंक, नबिल बैंक, एभरेष्ट बैंक, चिलिमे हाइड्रोपावर लगायतका सेयर कारोवार बढी भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL