Logo

अर्थमन्त्री भन्छन्, दुईतिहाई बहुमतले संबिधान ल्याउँछौं, कृषि र पर्यटनमा लाग्न आग्रह

अर्थमन्त्री भन्छन्, दुईतिहाई बहुमतले संबिधान ल्याउँछौं, कृषि र पर्यटनमा लाग्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले दुई तिहाइ बहुमतले भएपनि संविधान जारी गरिने बताए । ‘सहमति हुँदैन भने प्रक्रियामा गएर भएपनि बहुमतले पारित गरी संबिधान छिटो जारी गर्नुपर्छ,’ धादिङमा मञ्जुश्री शताब्दी २८५१ औं सोनामा ल्होसारको अवसरमा बोल्दै उनले भने, ‘हाल ४ सय १३ जना सभासदले हस्ताक्षर गरी प्रक्रियामा जाने बाटो खुला गरेकाले संबिधान आउनेछ ।’

जनताको अभिमत सबैभन्दा शक्तिशाली हुने भन्दै अर्थमन्त्री डा महतले संबिधानसभामा व्यक्त मतको आधारमा संबिधान बन्नुपर्ने बताए । ‘अल्पमतको बन्धक हुनु हुँदैन । दलहरुको घोषणापत्रका आधारमा जनताले भोट दिएका छन,’ उनले भने, ‘सरकारमा रहेका सदस्यहरुको समेत गणना गर्दा ४ सय ७० जना सभासद्हरु प्रक्रियामा जान तयार रहेकाले जसरी भएपनि संविधान आउनेछ ।’

finance minister dhading news
finance minister dhading news

प्रशासनिक हिसावले धान्न सक्ने, विभिन्न जात, जाति र धर्म लगायत सम्पूर्ण जनताको अधिकारको सुरक्षा हुने गरी संबिधान ल्याउनु पर्ने समेत उनको भनाइ थियो । ‘छिटो संबिधान बनाएर आर्थिक समृद्धिको बाटो लाग्नुपर्ने बेला आएको छ,’ उनले भने । हाल जलबिद्युतमा ठूलो क्रान्ति ल्याउनेगरी काम भैरहेको बताउँदै कृषि, पर्यटन र पूर्वाधारको विकासलाई पनि तिब्रता दिई सरकार आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको जानकारी दिए ।

finance minister

चीनको सिमानासँग जोडिएको धादिङको विकट गाविसहरु रि र लापा सरकारले छिट्टै नै मोटरबाटो पु¥याउने आवश्वासन दिए । आगामी आवदेखि धादिङको सवै जिल्लामा मोटरबाटो पु¥याइने समेत उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL