काठमाडौं । काठमाडौं महानगरपालिकाको ढल निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बुधबार आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको अभियोगमा…