Logo

कुमारी बैंक र भेइकल एकेडेमीबीच सम्झौता, सवारीचालकलाई ड्राइभिङ कोर्समा १५ प्रतिशत छुट

कुमारी बैंक र भेइकल एकेडेमीबीच सम्झौता, सवारीचालकलाई ड्राइभिङ कोर्समा १५ प्रतिशत छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि(गुर्जुधारा ट्रायल सेन्टर)बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी दुई निकायबीच सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्याङले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्