Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, लुम्बिनी र कर्णालीमा वृक्षारोपण

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, लुम्बिनी र कर्णालीमा वृक्षारोपण



काठमाडौं । सिटिजन्स बैंकले लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, बिरेन्द्रनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २८ गते बुधबारको दिन लुम्बिनी कर्णालीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशमा करिव १०५ विभिन्न प्रजातिका विरुवा र कर्णाली प्रदेशमा १०० भन्दा बढि विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

प्रतिक्रिया दिनुहोस्