काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा बुधबार १३ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १३.६९ अंकले ओरालो लाग्दै २६ सय ६४ को विन्दुमा झरेर रोकिएको हो । आज कुल ३ सय ७ कम्पनीका २ करोड २० लाख ७५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ पुगेको छ । यसअघि मंगलबार कारोबार रकम १० अर्ब नाघेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ७० कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये जलविद्युतबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।