Logo

काठमाडौं ढल निर्माण ठेक्कामा अनियमितता : पूर्व प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ढल निर्माण ठेक्कामा अनियमितता : पूर्व प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । काठमाडौं महानगरपालिकाको ढल निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा परियारसँगै महानगरका तत्कालीन निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत दोषी ठहर गर्दै मुद्दा दर्ता गरिएको हो।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ९सामाखुसी करिडोर० मा बोलकबोलभन्दा बढी मूल्यमा ठेक्का दिइएको पाइएपछि उनीहरूलाई जिम्मेवार ठहर गरिएको हो।

उक्त आयोजना निर्माणको ठेक्काका लागि समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष–कोहिनुर जेभीले प्रतिस्पर्धा गरेका थिए। कम मूल्यमा प्रस्ताव गरेको समानान्तरलाई नछानी बढी मूल्यमा बोलकबोल गरेको कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिएको भन्दै उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्