Logo

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त, सम्हालिन् कार्यभार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त, सम्हालिन् कार्यभार



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२ साल जेठ २८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि मास्के कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) को कार्यभार सम्हाल्दै आएकी थिइन् । आजैदेखि अर्थात् २०८२ जेठ २८ गतेदेखि उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी औपचारिक रूपमा सम्हालेकी छन् ।

सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट इन्जिनियरिङ (बी.ई) अध्ययन गरेकी हुन् । उनले २०४९ माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी रूपमा इन्जिनियर पदमा सेवा प्रवेश गरेकी थिईन्। २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति पाएकी मास्के २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिईन् ।

पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूलाई दिइएको जिम्मेवारीप्रति नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गर्दै, सबैको साथ र सहयोगमा कम्पनीको प्रगतिको मार्गमा अघि बढ्ने दृढता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्