काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा नौविसेमा निर्माणधिन सुरुङमार्गको ६७.३ प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं भित्रिने दूरी छोट्याउनका लागि निर्माण गर्न लागिएको उक्त सुरुङमार्गको प्रमुख सुरुङ हालसम्म १ हजार ६ सय ४२ मिटर खनिएको छ । यस्तै आयोजनाको ईभ्याकुएसन सुरुङ १ हजार ८ सय ६० मिटर, वर्किङ अडिट १ सय…