GBIME

नागढुंगा नौबिसे सुरुङमार्गको काम ६७ प्रतिशत सम्पन्न, मुख्य सुरुङ १६ सय ४२ मिटर खनियो


बिजखबर संवाददाता
8 November, 2022 12:59 pm

nagdhunga surungmarga

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा नौविसेमा निर्माणधिन सुरुङमार्गको ६७.३ प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं भित्रिने दूरी छोट्याउनका लागि निर्माण गर्न लागिएको उक्त सुरुङमार्गको प्रमुख सुरुङ हालसम्म १ हजार ६ सय ४२ मिटर खनिएको छ । यस्तै आयोजनाको ईभ्याकुएसन सुरुङ १ हजार ८ सय ६० मिटर, वर्किङ अडिट १ सय २६ मिटर र क्रस प्यासेज ७४ मिटर खनिएको हो । आयोजनाले कुल ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नुपर्ने छ ।

NABIL
lAXMI_BANK

यस्तै आयोजनाले सुरुङमार्गसम्म पुग्ने सडक, पुल, फ्लाईओभरलगायतको निर्माण पनि सँगै गरिरहेको छ । जसमध्ये हालसम्म ३ ओटा अन्डरपास, ४ ओटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ ओटा पुल निर्माण सम्पन्न गरिसकेको छ । यस्तै एउटा फ्लाई ओभरका लागि आयोजनाले आवश्यक जग्गाको ८५ प्रतिशत अधिग्रहण गरी फ्लाईओभरका लागि आवश्यक २ ओटा जग पनि हालिसकेको जानकारी दिएको छ ।

यसरी आयोजनाले हालसम्म भौतिक काम ४५ प्रतिशत सम्पन्न गरेको छ भने वित्तीय प्रगति ४८.८३ प्रतिशत पुर्याएको छ ।
४९ महिनामा निर्माण पुरा गर्नेगरी २०७६ कात्तिकमा सुरुङको काम सुरु गरिएको थियो । कोरोना महामारी, मुआब्जा विवाद, स्थानीयको अवरोधलगायतका कारण भनेकै समयमा काम सम्पन्न हुन नसकेको आयोजना प्रमुख नरेशमान शाक्य बताउँछन् ।

सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर छ । उक्त आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्ने बताईएको छ । काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाकामा पछिल्लो समय बढ्न सवारी जामलाई न्युनिकरण गर्न सरकारले उक्त सुरुङमार्गको अवधारणा अघि बढाएको थियो । यसले काठमाडौं भित्रिने बाटो पनि केहि छोट्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL