Logo

सांग्रिला बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकलाई ११.११ अफरमा २५ सयसम्म छुट

सांग्रिला बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकलाई ११.११ अफरमा २५ सयसम्म छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ईकमर्श कम्पनी दराजसँग सम्झौता गरेको छ । बैंकले आईतबार दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

laxmi

बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

सांग्रिला बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछतन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL