काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्नपी थ्री गर्जेजबीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ । यी दुई संस्थाबीच सो आयोजना संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । प्रारम्भिक सम्झौता भएको १० महिनापछि…