Logo

कर फस्र्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल जेल चलान

कर फस्र्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल जेल चलान


बिजखबर संवाददाता
2.1k
Shares

काठमाडौं । फरार रहेका तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेल चलान गएिको छ । बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका उनीहरुलाई न्यायिक हिरासतमा राखिएको छ

तत्कालिन कर फस्र्यौट आयोगमा रहँदा आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरु माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । हाल विशेषमा अख्तियारले दायर गरेको आरोपपत्र विचारधिन अवस्थामा छ ।

अख्तियारले साउनमै अध्यक्ष महत सहित सदस्य ढकाल र सदस्य सचिव शर्मा विरुद्द १० अर्ब २ करोड बिगोदाबी सहितको विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुले राज्यलाई नोक्सानी पुर्याएर व्यवसायीलाई आफुखुशी कर छुट दिएको भन्दै अख्तियारले विगो सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही समयमा उनीहरुलाई १ हप्ताको समय दिएर उपस्थित हुन पुर्जी काटेपनि उनीहरु हालसम्म फरार रहेका थिए ।

सोही घटनामा अख्तियारले तत्कालिन आयोगमा सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरी बयान लिएको थियो । उनलाई लामो समय थुनामा राखेपनि प्रत्यक्षबन्दीकरणको रिटमा तारेखमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL