Logo

मंसिर १ देखि हस्तकला ब्यापार मेला, २५ जिल्लाका उत्पादन प्रर्दशनीमा

मंसिर १ देखि हस्तकला ब्यापार मेला, २५ जिल्लाका उत्पादन प्रर्दशनीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौंमा मंसिर १ गतेदेखि १५ औं हस्तकला ब्यापार मेला तथा हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १५ औं हस्तकला ब्यापार मेलामा जिल्ला हस्तकला संघहरु, गरिबी निवारण कोषका साथै विभिन्न २५ जिल्लाका उत्पादन राखिनेछ ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु पाइने छ । यसैगरी, जडिवुटी, अर्थोडक्स चियालगायतका बस्तु प्रर्दशनी तथा बिक्रीका लागि राखिने महासंघले जानकरी दिएको छ ।

मेलामा १० वटा प्याभिलियन सहित करिब २०० स्टल रहने छन् । मेलाको अबसरमा नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । साथै, १ करोड रुपैयाँभन्दा बढी हस्तकला सामग्री निकासी गर्ने सदस्यर ५ करोड रुपैयाँभन्दा बढी निकासीकर्तालाई पनि महासंघलै सम्मान र उपाहार प्रदान गरिने भएको छ ।

मेलामा चीन, जापान, जर्मन, पाकिस्तान, भुटान, भारत र श्रीलंका लगायतका देशहरुबाट ३५ जना भन्दा बढि विदेशी आयातकर्ताको सहमागिता रहनेछ । मेलामा १ लाखले अबलोकन गर्ने तथा १० करोड रुपैयाँको ब्यापार हुने महासंघको अपेक्षा छ । महासंघले मेलामा प्रवेशको लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरेको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL